सोमबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार

काठमाडौं । सोमबार सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

आइतबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि २०० रुपैयाँले घटेको हो ।

यस्तै आइतबार प्रतितोला १,२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट