नेपाल भित्रियो नयाँ प्रजातिको कोरोना भाइरस

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस भएको पुष्टि गरेको छ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै तीन जनामा नयाँ प्रजातिको भाइरस भएको जानकारी दिएको हो । संक्रमित तीनै जना बेलायतबाट नेपाल फर्किएकाहरु हुन् । उक्त प्रजाती बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनेमा २८ वर्षीय महिला तथा ३२ र ६७ वर्षका पुरुष छन्। २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसके पनि ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमूना परीक्षणका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो । त्यसको रिपोर्ट माघ ५ गते प्राप्त भएको मन्त्रालयले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट