देशभरको मौसम सफा हुन अझै केही दिन लाग्ने

प्रकाशित मिति: ४ माघ २०७७, आईतवार

काठमाडौं । देशको पूर्वी भू-भागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले मौसम सफा हुन अझै केही दिन लाग्ने मौसमविदले अनुमान गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले तत्काल वर्षाको सम्भावना रहेको छैन। यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन् । (मङ्सिर, पुस र माघ) महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ । यस वर्ष माघ सुरु भइसक्दा पनि हिउँदे वर्षा भएको छैन। वर्षा हुनका लागि प्रयाप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन । गत वर्ष डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री र अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस रहेको छ। हाल देशका प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। राति देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट