आज थपिए ४०३ जना संक्रमित

प्रकाशित मिति: १ माघ २०७७, बिहीबार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार ५ हजार ३२ पीसीआर परिक्षण गर्दा थप ४०३ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ र सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ पुगेको छ ।

यस्तै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९४३ पुगेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट