दाहाल–नेपाल देउवा निवासमा

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार

काठमाडौं । दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

मंगलबार सर्वोच्च अदालतले संसद् विघटन असंवैधानिक ठहर गर्दै सो विघटन बदरको घोषणा गरेपछिको अवस्थाबारे छलफल गर्न दाहाल–नेपाल देउवा निवास पुगेका हुन्।

आज चितवनमा तय गरिएको कार्यक्रमका लागि हिजो चितवन पुगेका दाहाल-नेपाल सर्वोच्च अदालतको हिजैको फैसलापछि कार्यक्रम नगरेरै काठमाडौं फर्किएका हुन्।

सर्वोच्च अदालतको फैसलापछि नयाँ सरकार गठनको प्रक्रिया, नयाँ प्रधानमन्त्रीबारे विभिन्न अड्कलबाजी भइरहेका बेला नेकपाका अध्यक्षद्वयले त्यसैबारे देउवालाई भेटेर छलफल गर्ने बताइएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट