विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई र जाङ्‍मु शेर्पा

प्रकाशित मिति: ११ माघ २०७७, आईतवार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । मुख्यमन्त्री राईले आइतबार मिस मंगोल २०१८ की विजेता जाङ्‍मु शेर्पासँग लगनगाँठो कसेका हुन्।

भोजपुर निवासी ४९ वर्षीय मुख्यमन्त्री राईले संखुवासभा निवासी २३ वर्षीया मोडल शेर्पासँग किराँती परम्पराअनुसार विवाह गरेका हुन् ।

काठमाडौंमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट