हामी आधिकारिक हौँ, नाम र चुनाव चिन्ह हामीले पाउनुपर्छ : प्रचण्ड

प्रकाशित मिति: १० पुष २०७७, शुक्रबार

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले आफूहरु आधिकारिक नेकपा भएको दाबी गर्दै नाम र चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगसमक्ष माग गरेका छन्।

शुक्रबार दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा शक्ति प्रदर्शन गरी बृहत टोली लिएर आयोग पुगेको टोलीले आफूहरु वैधानिक भएको भन्दै निर्वाचन आयोगले आधिकारिता, चुनाव चिन्ह र नामावाली आफूहरुलाई प्रदान गर्ने विश्वास लिएको जनाएको छ ।

अध्यक्ष प्रचण्डले नेकपाको सो समूहले आफूहरु आधिकारिक भएको दावी गर्दै यसअघि नै केन्द्रीय सदस्यको हस्ताक्षर, केन्द्रीय समिति बैकको माइन्युट र निर्णय समेत निर्वाचन आयोगमा बुझाइसकेको स्मरण गर्दै तत्काली केन्द्रीय समिति सदस्यको दुईतिहाइ भन्दा बढी आफ्नो पक्षमा रहेको दावी गरे। उनले हस्ताक्षर गर्ने २९६ भए पनि केन्द्रीय समिति बैठकमा र आज ३१५ जना सहभागी भएको बताए।

शुक्रबार वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरु पार्टीको आधिकारिकता दाबी गर्नका लागि आफ्नो खेमामा रहेका सबै केन्द्रीय सदस्य तथा सांसदहरुसहित निर्वाचन आयोग पुगेका हुन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगले प्रचलित कानुन बमोजिम र न्यायोचित निर्णय लिने बताए। उनले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार केही पत्रहरुमार्फत आएको जानकारी र आज औपचारिक रुपमा उपस्थिति भएका कारण राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ बमेजिम प्रक्रिया सुरु भएको जानकारी दिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट