लिटरमा २ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

प्रकाशित मिति: १६ भाद्र २०७७, मंगलवार

काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ ।

निगमले पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले बढाएर प्रतिलिटर १०७ रुपैयाँ पुगाएको छ । १ सेप्टेम्बरमा आएको मूल्य सूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगमले जनाएको छ ।

निगमले डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट