संगीता राना प्रधानको ‘जून माग्यौं आकाश दिएँ’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार

काठमाडौं । वरिष्ठ गायिका (गुरु आमा) संगीता राना प्रधानको स्वरमा सजिएको ‘जून माग्यौं आकाश दिएँ’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

नरदेवी राईको शब्द रचना रहेको उक्त गीतको म्युजिक भिडियो जस्केलो क्रिएसनले तयार पारेको हो । पबिधान खालिङको संगीत रहेको उक्त गीतमा अन्जना राई र बबीन राईले अभिनय गरेका छन् ।

विगत ५ दशकदेखि संगीत क्षेत्रमा क्रियाशिल गायिका प्रधान ललितकला केन्द्रिय विभाग प्रमुख पनि हुन् । गायिकाका साथै उनी थुप्रै कलाकारहरुको गुरु आमा पनि हुन् । नेपाली संगीत क्षेत्रमा उनले धेरै कलाकारहरुलाई प्रशिक्षण समेत दिइसकेकी छन् ।

चलचित्र ‘भूमरी’बाट पाश्र्व गायन सुरु गरेकी गायिका संगीता राना प्रधानले ‘उडायो मेरो मखमली पछ्यौरी’, ‘यो रातै रमाईलो यो साथै रमाईलो’, ‘चिट्को गुन्यु तिमीले लगाउँदा’ जस्ता थुप्रै चर्चित गीतहरु गाइसकेकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट