लगातार उकालो लागेको सुनको मूल्यमा भारी गिरावट

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार

काठमाडौं । बुधबार सुनको मूल्यमा प्रतितोला ६ हजार दुई सय रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेर कारोबार भइरहेको छ । कोरोना महामारीपछि लगातार उकालो लागेको सुनको मूल्य पछिल्ला चार दिन यता घट्दै आएको छ।

नेपाली बजारमा सुनको मूल्यमा एकै दिन तोलामा ६ हजार दुई सय रुपैयाँको गिरावट भएको यो पहिलो घटना हो। मंगलबार सुन प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट