सरकारको निर्णय : सीमानाका भदौ ३१ सम्‍म बन्द, रेष्टुरेण्टमा बसेर खान नपाइने

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार

काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले नेपाल प्रवेशको सबै नाका र यात्रुहरुको प्रवेश भदौ ३१ गतेसम्‍म बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउँदै अर्थमन्त्री एवं सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले तोकेको १० वटा सीमानाका झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगञ्‍ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डाचौकी नाकाबाट मात्र नेपाल प्रवेश पाउने गरी निर्णय गरिएको जानकारी दिए ।

यस्तै सरकारले होटल, रेष्टुरेण्टमा बसेर खान नपाइने निर्णय गरेको छ। साउन १५ गतेदेखि होटल, रेष्टुरेण्ट सञ्चालन गर्न दिएको सरकारले फेरि होटल, रेष्टुरेण्टबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको छ । सूचनामन्त्री खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ मात्रै लागू हुने बताए ।

यस्तै अन्तर्राष्ट्रिय उडान भदौ मसान्तसम्म रोक्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए। मन्त्री परिषरिषदको निर्णय सुनाउँदै उनले भने, ‘अन्तर्राष्ट्रिय उडान भदौ ३१ गते राति १२ बजेसम्म बन्द गरिएको छ। स्वदेश आउनै पर्नेलाई सहजिकरण गरेर ल्याइनेछ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट