सरकारको भर नपरौं, आफूलाई सुरक्षित राख्ने तरिका खोजौं : कांग्रेस

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

काठमाडौं । कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै आफूलाई सुरक्षित राख्ने तरिका आफैं खोज्न सबैलाई आग्रह गरेको छ ।

सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति पनि पूर्ण रुपमा असफल भएको भन्दै कांग्रेसले सरकारबाट कुनै आशा राख्ने ठाउँ नभएको उल्लेख गर्दै कोरोनाविरुद्धको लडाइँमा आफ्नो सुरक्षा आफैँ गर्न आग्रह गरेको हो ।

कांग्रेसको कोभिड-१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्दै भनेका छन् -“देश कोभिड-१९ को संक्रमणको मारमा छ । तर,नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको छ । लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरुको इतिहासमा यस्तो संवेदनहिनता कहिले देखिएको थिएन ।

भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली बनेको छ । पछिल्लो दिनमा लगानी बोर्डमा गरिएको नियुक्ति यसको नाङ्गो रुप हो । यसरी आफ्ना निजी स्वार्थ पूर्ति गर्न रमाइरहेको वर्तमान सरकार र सत्ताधारी दलबाट जनताले कुनै आशा राख्ने ठाउँ नरहेको स्थिति छ,” ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट