शनिबार रातिबाट धेरैजसो स्थानमा वर्षा हुने, सर्तक रहन आग्रह

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार

काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ ।

शनिबार रातिबाट मनसुन सक्रिय हुने भएकाले अबका दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार साँझ नै जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ- ‘शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक सर्ने सम्भावना देखिएकाले २-३ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट