तोलाको १ लाख २ हजार ५ सय पुग्यो सुनको मूल्य, चाँदी पनि महंगियो

प्रकाशित मिति: २२ श्रावण २०७७, बिहीबार

काठमाडौं । बुधबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एकैपटक ११ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन पनि आज तोलामा ११ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा बुधबार लाख रुपैयाँ नाघेको सुनको भाउ बिहीबार प्रतितोला ११ सय रुपैयाँले बढेको हो । यस्तै बिहीबारै चाँदीको मूल्य पनि तोलाको ५० रुपैयाँले बढेर प्रतितोला १३ सय ४५ रुपैयाँ पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट