बिहीबार राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार

काठमडौं । गृह मन्त्रालयले बिहीबार राति ९ बजेदेखि ५ बजेसम्म हिँड्न नपाइने नियम लागू गरेको छ।

कोरोना संक्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो।

‘काठमाडौं उपत्यका र कोभिड-१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केस भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनहरूभोलि मिति २०७७/०४/२२ गतेदेखि लागू हुने गरी जोर-बिजोर नम्बरका आधामार मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस वर्गमा पर्ने जिल्लाका सहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म आवागमन बन्द गर्ने।’

राति राति बाहिरी जिल्लाबाट सवारी आवागन धेरै हुने भएकाले संक्रमण रोक्न गृह मन्त्रालयले यस्तो नियम लागू गरेको हो। त्यस्तै सरकारले कार्यक्रम, सेमिनार, भोजलगायतमा पनि रोक लगाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट