कोरोनामुक्त भए अमिताभ बच्चन

प्रकाशित मिति: १८ श्रावण २०७७, आईतवार

मुम्बई । बलिउडका महानायक अमिताभ बच्चन २३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

अमिताभ कोरोनामुक्त भएर मुम्बईको नानावती अस्पतालबाट स्वस्थ बनेर घर फर्किएका हुन् । ७७ वर्षका अमिताभले जुलाई ११ मा आफू र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको बताएका थिए।

अमिताभ कोरोनामुक्त भए पनि उनका छोरा अभिषेक अझै कोरोना संक्रमित नै छन्। यसअघि अभिषेककी श्रीमती ऐश्वर्या र छोरी आराध्या पनि कोरोनामुक्त भइसकेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट