भीष्मराज फुलाराको ‘कस्तो भाइरस आयो’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार

काठमाडौं । युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो’ सार्वजनिक भएको छ ।

रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो’ को भिडियो सार्वजनिक भएको हो । संसारलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतको भिडियो फुलारा लिटरेचर फाउण्डेसन नेपाल र द ल अफिसेस अफबाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको हो ।

‘यतिबेला विश्व नै कोरोना कहरमा छ । हामी कहाँ पनि यसको रोकथाम र नियन्त्रणका लागि भन्दै विगत चार महिना ‘लकडाउन’ गरियो । यसले दैनिक जनजीवनलाई कष्टकर बनायो । देश तथा विदेशमा रहेका क्यौ नेपालीले समेत यो भाइरसका कारण ज्यान गुमाउनु पर्‍यो र परिवारसँग टाढा हुन बाध्य बनायो । यही कहरलाई गीत मार्फत प्रस्तुत गरेको छु’, साहित्यकार तथा गीतिकार फुलाराले भने ।

लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको भिडियोमा सुरविर पण्डित (दारीबा), दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्रीको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारमा ठण्डबहादुर अधिकारी, योगगुरु सुदन भेटवाल, हेमाङ्गराज गिरी र भीष्मराज फुलारा समेतको अभिनय रहेको छ ।

गीतको भिडियोमा वीरेन्द्र भट्टको छायांकन, उर्मिला लामाको श्रृङ्गार, व्यवस्थापन पक्षको जिम्मेवारी यमप्रसाद ओली र स्वराङ्कन गणेश सुवेदीको रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट