भदौ १ देखि हवाई उडान तथा साउन १५ बाट होटल खोल्ने सरकारको निर्णय

प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार

काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो।

यस्तै सरकारले साउन ७ गतेपछि लकडाउन अझ खुकुलो पार्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो ।

जेठ २६ बाट सरकारले लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई सेवा सुचारू भएको थिएन । पछिल्लो समय विदेशबाट नेपाल फर्किने नागरिकहरूका लागि चार्टर फ्लाइटहरू भने भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट