भारतीय न्यूज च्यानलमाथिको प्रतिबन्ध कायमै राख्न सरकारको आग्रह

प्रकाशित मिति: २८ असार २०७७, आईतवार

काठमाडौं । सरकारले भारतीय न्यूज च्यानलहरुमाथि लगाएको बन्देज कायमै राख्न भएको छ ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक र आपत्तिजनक समाचार प्रसारण गरेपछि सरकारले असार २५ गतेदेखि केही भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रशारण रोकेको थियो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले यो प्रतिबन्ध तत्काल नहटाउन विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुलाई आग्रह गरेका हुन् । मिडिया सोसाइटीका प्रतिनिधिहरुसँग भएको भेटमा मन्त्री खतिवडाले भने, परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिबन्ध कायम राख्न म अग्रह गर्दछु ।’

राष्ट्रिय एकताका साथ नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा अनुमोदन गरेपछि भारतीय न्यूज च्यानलहरु दुरासायपूर्ण रुपले प्रस्तुत भएको उनले बताए । त्यही कारण सेवा प्रदायकहरुले स्वतस्स्फुर्त रुपमा प्रतिबन्ध लगाएको उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट