अमिताभ र अभिषेकपछि ऐश्वर्या र उनकी छोरी आराध्यामा पनि कोरोना पुष्टि

प्रकाशित मिति: २८ असार २०७७, आईतवार

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको छ भने अमिताभकी धर्म पत्नी जया बच्चनको दोस्रो चरणको टेस्टमा कोरोना नेगेटिभ देखिएको छ। यो सँगै बच्चन परिवारमा ४ जनामा कोरोना पोजेटिभ भएको छ।

यसअघि बच्चन परिवारका अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो। कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य स्थिर भए पनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट