फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

प्रकाशित मिति: २० असार २०७७, शनिबार

काठमाडौं । नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित गरिएको छ ।

पार्टीभित्रको तीव्र विवादबीच शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो । गत सातादेखि सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवैको राम्रोसँग नेतृत्व नगरेको भन्दै उनलाई राजीनामा गर्नुपर्ने माग गरिएको छ।

अध्यक्ष ओलीले भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको शुक्रबारको कुराकानीमा राजीनामा गर्नुपर्ने माग आफूलाई अस्वीकार्य भएको भन्दै अन्य कुनै प्रस्ताव भए त्यसमा मात्र छलफल गर्न सहमत भएको बताएपछि विवाद थप बल्झिएको छ।

समस्या समाधानका लागि शुक्रबार ओली र प्रचण्डबिच लामो छलफल भएको थियो । सो छलफलमा दुवैले आफ्नो कुरा खुलस्त रुपमा राखेको सहभागी नेताहरुले बताएका थिए । ओली–प्रचण्डको सो छलफलमा ओलीले आत्मालोचना गरी गएको मंसिर ४ गते भएको सहमति अनुसार अघि बढ्ने प्रारम्भीक सहमति बनेको बताइएको छ ।

ओली र प्रचण्डबिच शनिबार पनि छलफल हुने भनिए पनि अहिलेसम्म सुरु भएको छैन । स्थायी कमिटिमा अल्पमतमा परेका ओलीले कुनै पनि हालतमा पद नछोड्ने भए पनि प्रचण्ड–नेपाल पक्षले अरु विकल्पहरु पनि विचार गरिरहेको बताइन्छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट