कतारबाट फर्केका कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति: २० असार २०७७, शनिबार

गोरखा । कतारबाट घर फर्केका गोरखा पालुङटार-७ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कतारबाट आएपछि क्वारेन्टिनमा बसेका उनको शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

मधुमेहका रोगी रहेका उनलाई लगातार खोकी लागेपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट