माइतीघरमा युवाहरुको नारा-‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार

काठमाडौं । नेकपा निकट युवा संघले राजधानीको माइतीघर मण्डलामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेको छ।

बिहीबार दिउँसो माइतीघरमा भेला भएका युवाहरुले सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका थिए । ओली सरकारविरुद्ध लगातार प्रदर्शन हुँदै आएका बेला युवा संघले उनको पक्षमा प्रदर्शन गरेको हो ।

उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी, पार्टी भन्दा राष्ट्रमाथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीको तस्बिर तथा नेपालको नक्सासहितको व्यानर बोकेर प्रदर्शन गरेका छन्।

पार्टीभित्र संकटमा आएका ओलीलाई अहिले प्रधानमन्त्रीबाट हटाउन नहुने प्रदर्शनकारीको भनाई छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट