मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली शीतल निवासमा

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार

काठमाडौं । पार्टीमा राजीनामाको माग उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् ।मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले दुवै पद छाड्नुपर्ने स्थायी समिति बैठकमार्फत दबाब दिएका छन्। बुधबार साँझसमेत दाहाल र नेपाल समूहको छलफलले पार्टीको निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य पार्ने निर्णय गरेको थियो।

पछिल्लो समय नेकपाभित्र विकसित घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको बुझिएको छ। पार्टीभित्र संकट चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई दिनहुँजसो भेट्दै आएका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट