कागको आहारा बन्यो काठमाडौंका आकाशमा देखिएका सलह

प्रकाशित मिति: १६ असार २०७७, मंगलवार

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाको आकाशमा भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा देखा परेको छ।

बाराबाट टुक्रिएको सलह किराको एउटा समूह मकवानपुर हुँदै काठमाडौं उपत्यका प्रवेश गरेको हो। उपत्यका प्रवेश गरेसँगै नाङ्गढुंगा र नागार्जुन क्षेत्रका स्थानीयहरुले आ-आफ्नो घरको छतमा गएर सलह देखेपछि थाल र शंख बजाउन थाले ।

उनीहरुले आकाशमा उडिरहेको सलहलाई भगाउने प्रयास गरिरहँदा उडिरहेको कागले सलहलाई आफ्नो आहारा बनाएको देखियो । छिमेकी पाकिस्तान र भारतमा किसानलाई दुःख दिएको सलह नेपालमा नआउने कृषि मन्त्रालयको अध्ययन टोलीले दाबी गरेको थियो ।

तर, मनसुन सुरु भएलगतै नेपाल प्रवेश गरेको सलहले एकै दिनमा बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा सलहको झुण्ड भेटिएको छ । सलहको हुलले एक दिनमा १३० देखि १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट