ट्याक्सी व्यवसायीको नारा ‘कि गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ सरकार’

प्रकाशित मिति: १६ असार २०७७, मंगलवार

काठमाडौं । ट्याक्सी चालक तथा व्यवसायीहरुले काठमाडौंको नयाँ बानेश्वरस्थित यातायता व्यवस्था विभाग अगाडि प्रदर्शन गरेका छन् ।

मंगलबार बिहान विभाग अगाडि प्लेकार्डसहित भेला भएका ट्याक्सी व्यवसायीहरुले लकडाउनका कारण दैनिक गुजारा चलाउन मुस्किल भएको र मासिक किस्ता बुझाउन नसकिएकाले ट्याक्सी चलाउन पाउनुपर्ने मागसहित प्रर्दशन गरेका हुन्।

उनीहरुले ‘ऋण थपियो, निन्द्रा लागेन’, ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, ‘घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’ भन्ने नारा लगाएका छन्।

निजी सवारी साधन चल्न दिएको अवस्थामा ट्याक्सीलाई रोक्नु अन्यायपूर्ण भएको व्यवसायीको भनाई छ। उनीहरुले यातायात ब्यवस्था विभागको कार्यालयमा मागपत्र बुझाउने तयारी समेत गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट