कोरोना महामारीको खराब अवस्था आउन अझै बाँकी रहेको डब्लुएचओको चेतावनी

प्रकाशित मिति: १६ असार २०७७, मंगलवार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी नै रहेको चेतावनी दिएको छ।

डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताए । सोमबार भर्चुअल ब्रिफिङमा उनले भने, ‘हामी चाहन्छौं यो सबै संकट चाँडै अन्त्य होस्। सामान्य जीवनमा फर्किन सकौं। तर, कटु सत्यता के हो भने यो महामारी अन्त्यबाट हामी अझै टाढा छौं।’

महामारी सुरु भएको ६ महिना पुगे पनि अझै खराब अवस्था आउन सक्ने डब्लुएचओले चेतावनी दिएको हो । विश्वभर ६ महिनाको अवधिमा संक्रमितको संख्या एक करोड दुई लाख ६८ हजार भन्दा बढी पुगेको छ । विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ४ हजार भन्दा धेरै पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट