कोरोनाले लियो २९ जनाको ज्यान, संक्रमित १३ हजार नाघे

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले मृत्यु हुनेमा रौतहटका ३० वर्षीय पुरुष रहेको जानकारी दिएका छन् । असार १४ गते कोरोना पोजेटिभ पुष्टि भएको उनमा श्वासप्रश्वासमा समस्या आएपछि ललितपुरको सानेपास्थित स्टार अस्पताल सानेपामा भर्ना गरिएका थिए । उनीसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंका ६ जना तथा ललितपुर र भक्तपुरका एक-एक जनामा कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा २ महिला र तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। ललितपुर र भक्तपुरमा संक्रमित दुवै जना पुरुष हुन्।

त्यस्तै, सोमबार थप ४७६ जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितहरुको संख्या पनि १३ हजार २ सय ४८ पुगेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट