आइतबार तोलाको ९१ हजार नाघ्यो सुनको मूल्य

प्रकाशित मिति: १४ असार २०७७, आईतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ७ सय रूपैयाँले बढेर प्रतितोला ९१ हजारभन्दा माथि पुगेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ९० हजार ६ सय र बुधबार ९१ हजार १ सयमा कारोबार भएको थियो ।

आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर प्रतितोला ९४५ रूपैयाँ पुगेको छ। महासंघका अनुसार नेपालमा सुनको मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको छ ।

व्यवसायीहरुका अनुसार बजारमा अहिले सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढ्न थालेका छन् । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट