कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु, कुल संख्या २८ पुग्यो

प्रकाशित मिति: १३ असार २०७७, शनिबार

चितवन । कैलालीका ५० वर्षीय कोरोना संक्रमित पुरुषको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

लामो समयदेखि फोक्सोको क्यान्सरबाट ग्रसित उती पुरुषमा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

गम्भीर अवस्थामा भर्ना गरिएका उनको शनिबार बिहान पचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट