भारत हुँदै नेपाल छिर्‍यो सलह किरा

प्रकाशित मिति: १३ असार २०७७, शनिबार

काठमाडौं । केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलह किरा नेपाल भित्रिएको छ ।

भारतको बिहार हुँदै बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउँछ।

हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको एक वर्गकिमीको समूहले ४ देखि ८ करोडसम्मको संख्या हुने कृषि वैज्ञानिकहरू बताउँछन्। यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको नष्ट गर्ने वैज्ञानिकहरू बताउँछन्।

नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी प्राप्त भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट