नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौंका ९ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति: ११ असार २०७७, बिहीबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४३४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको जानकारी दिएको छ ।

बिहीबार थपिएकाहरुमध्ये काठमाडौं उपत्यकामा ९ जना, पाल्पामा १२२ जना, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३/१३ जना र डडेलधुराका १२ जना, तनहुँ र धनुषाका ९/९ जना, बाजुरा र सप्तरीका ८/८ जना, प्युठान र रुपन्देही ७/७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६/६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५/५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३/३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २/२ जना रहेका छन् ।

यसैगरी बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुष गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुमेहका बिरामी समेत रहेका स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा र पाटन अस्पतालमा उपचारका क्रममा ५० वर्षका पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या २६ र अस्पतालबाट अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५० पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट