रहेनन् बलिउड अभिनेता सुशान्त सिंह राजपुत

आफ्नै घरमा गरे आत्महत्या

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आईतवार

नयाँ दिल्ली । बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन्।

६ महिनादेखि डिप्रेसनमा रहेका सुशान्त आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ३४ वर्षीय सुशान्तले के कारणले आत्महत्या गरे भन्ने विषयमा खुल्न सकेको छैन ।

टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा बलिउडमा राम्रा चलचित्रमा काम गरेका थिए । ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेर करियर सुरु गरेका सुशान्तलाई एकता कपुरको धारावाहिक ‘पवित्र रिस्ता’बाट चर्चा मिलेको थियो।

‘काइ पो चे’ मार्फत बलिउडमा प्रवेश गरेका उनले ‘शुद्ध देशी रोमान्स’, भारतीय क्रिकेट टिमका पूर्वकप्तान एमएस धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी: द अन टोल्ड स्टोरी’, पिके, ‘सोन चिडिया र छिछोरे’ जस्ता फिल्ममा काम गरेका थिए।

डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट