काठमाडौंको एक होटलमा जुवा खेलिरहेका ८ व्यापारी र होटल सञ्चालक नगदसहित पक्राउ

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलवार

काठमाडौं । दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तले काठमाडौंको कमलादीस्थित बुटिक होटलमा जुवा खेलिरहेका ८ व्यापारी र होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा व्यापारीहरू नन्दकिशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, बिमल अहुजा र विमलकुमार खेतान रहेका छन् । पक्राउ परेकामध्ये विशाल ग्रुपका सञ्चालकसमेत रहेका अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत हुन्।

प्रहरीले उनीहरूको साथबाट प्रहरीले १ सय ७९ चिप्स र २ लाख ७७ हजार नगदसमेत बरामद गरेको छ। वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। टोलीले होटल सञ्चालक कोलकताका मिक्की जोगाईलाई समेत पक्राउ गरेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट