दुई वर्षीया बालिकाको कोरोनाले लियो ज्यान, मृत्यु हुनेको संख्या ८ पुग्यो

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आईतवार

काठमाडौं। आइतबार बाजुराकी २ वर्षीय बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  एकसाता अघि भारतबाट आमाबुबासँग नेपाल आएकी बालिकाको आज बिहान सबेरै मृत्यु भएको हो ।

ती दुई वर्षीय बालिकालाई ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापखाला लागेपछि बाजुरा जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखि उपचार गर्दागर्दै मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

कोरोनाले नेपालमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने १५ सय ६७ जना संक्रमित र २२० जना उपचारपछि निको भएर घर फर्केका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट