कर्णालीमा थपिए १८ कोरोना संक्रमित

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आईतवार

दैलेख । आइतबार दैलेख र कालिकोटका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परिक्षण गर्दा थप १८ जनामा संक्रमितहरु पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरुमा कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ५ का वर्ष १९ का पुरुष, दैलेखको नारायण नगरपालिकाका ९ जना, दैलेखकै देवलकाँडा, सिमडा, रातापानी र साडु गाउँपालिकाका ८ जना गरी थप १८ जना रहेका छन् ।

कर्णालीमा नयाँ संक्रमित सबै केही दिन अगाडि भारतबाट आएका हुन् । आज थपिएकाहरुसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १२३ पुगेको छ भने देशभर १ हजार ४ सय ६४ जना संक्रमित बनेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट