सप्तरीमा गर्भवती महिलाको होम आइसोलेसनमा मृत्यु,कोरोनाको रिपोर्ट आउन बाँकी

प्रकाशित मिति: १३ जेष्ठ २०७७, मंगलवार

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका-११ ठेलियाकी २४ वर्षीया गर्भवती महिलाको होम आइसोलेसनमा बसेकै बेला मंगलबार मृत्यु भएको छ ।

गएराति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान होम आइसोलेसनमै ती गर्भवती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृत्यु भएपछि उनको स्वाब संकलन गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ ।

करिब १० दिनअगाडि नै ती महिलालाई अचानक १००.२ डिग्री ज्वरो र श्वासप्रश्वासमा समस्या आएको थियो। यही ८ गते राजविराजस्थित डा. विनिता यादवको क्लिनिकमा उपचारका लागि ल्याइएपछि चिकित्सकले औषधि दिँदै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए। आइसोलेसनमा रहेकी ती महिलाको गएराति मृत्यु भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट