थप ७२ जनामा कोरोना पुष्टि, टोखाका संक्रमित किराना पसले

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

काठमाडौं। सोमबार देशभरका विभिन्न जिल्लाका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४, काठमाडौं, धनुषा र कपिलवस्तुमा ३/३ जना, सप्तरीमा २ र बर्दियामा १ जना गरी ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंको टोखा नगरपालिका-३ र ६ तथा बूढानीलकण्ठ नगरपालिका-३ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । टोखा नगरपालिकामा भेटिएका कोरोना संक्रमित किराना पसले भएको पाइएको छ ।

नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । आज थपिएकाहरुसँगै नेपालमा कोराना संक्रमितहरुको संख्या ६ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट