डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आईतवार

काठमाडौं । डिल्लीबजार कारागारमा चौकीदार परिवर्तन गर्ने विषयमा कैदीबन्दीबीच झडप भएको छ ।

आइतबार बिहान चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर कैदीबन्दीले नाराबाजी गरेका थिए ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले आइतबार बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको बताए ।

अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट