सुदूरपश्चिममा ५ संक्रमितसहित थप २० जनामा कोरोना पुष्टि, संख्या ५०७ पुग्यो

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं । शुक्रबार सुदूरपश्चिमका ५ जनासहित देशभर २० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कैलालीका १९, २३, र २९ वर्षीय पुरुष, डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष, बैतडीका २२ वर्षीया पुरुष, बाँकेका १४ जना पुरुषहरु (१८ देखि ६१ वर्ष) र मोरङका ४१ वर्षका पुरुष रहेको जानकारी दिएका छन् ।

शुक्रबार थपिएका २० जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट