कोरोना जितेर खुशी हुँदै घर हिँडे नेपालगञ्जका २१ संक्रमित

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

बाँके । कोरोनालाई जितेर बाँकेका २१ जना घर फर्किएका छन् । बिहीबार बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना कोरोना संक्रमितहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएका हुन् ।

सुरुमा कोरोना देखिएका ६० वर्षीय र पछि कोरोना देखिएका २० जना गरी २१ जना घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । अस्पतालबाट डिस्चार्ज भएका उनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिइएको छ ।

२१ जनाले कोरोना जितेर घर फर्किँदा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले फूलमाला र खादा ओढाएर उनीहरुलाई बिदाई गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट