कोरोना अन्त्य हुन गाह्रो देखिन्छः डब्लूएचओ

प्रकाशित मिति: ८ जेष्ठ २०७७, बिहीबार

गएको २४ घण्टामा विश्वभर एक लाख बढी संक्रमित देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको जनाएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिएका छन् ।

उसकाअनुसार पछिल्लो २४ घण्टामा विश्वका १ लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। विश्वभर संक्रमितको संख्या ५० लाख पुग्नै लागेका बेला डब्लुएचओ प्रमुखको चेतावनी आएको हो । दुई हप्तामै झण्डै १० लाख संक्रमित थपिका हुन्।

बिहीबार बिहान ९ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५० लाख ८५ हजार ५ सय पुगेको छ। जसमध्ये ३ लाख २९ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ भने २० लाख २१ हजार ६ सय ६६ जना भने निको भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म १५ लाख ५० हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस्तै त्यहाँ ९३ हजार चार सय भन्दा बढीको ज्यान गएको छ ।

धनी मुलुकहरुले लकडाउनको स्थितिबाट बाहिर निस्कने प्रयास गरिरहँदा कोरोना भाइरस गरिब देशहरुमा तिव्र रुपमा फैलिँदै गएको डब्लुएचओले जनाएको छ। विज्ञहरुले विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेको अवस्था रहेको स्वास्थ्य विज्ञको भनाई छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट