कालीमाटीका दुई प्रहरीमा कोरोना पुष्टिपछि सबै प्रहरी क्वारेन्टाइनमा, प्रहरी वृत सिल

प्रकाशित मिति: ७ जेष्ठ २०७७, बुधबार

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रण देखिएपछि त्यहाँ कार्यरत सबैलाई क्‍वारेन्टाइनमा राखिएको छ ।

मंगलबार राति मात्रै कालीमाटी वृत्तका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरी गरी करिब १४५ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

संक्रमण पुष्टि भएका दुई प्रहरीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ भने महानगरीय प्रहरी वृत सिल गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट