नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

मंगलबार दिउँसो १२ बजेका लागि बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रम मंगलबार नै पारित गर्ने कार्यसूचि छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार छलफल भएको थियो । नीति तथा कार्यक्रममा सातवटा संशोधन प्रस्ताव दर्ता भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट