कोरोनाले मृत्यु भएकी सुत्केरीको १३ दिने शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार

काठमाडौं । कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी युवतीको १३ दिने शिशुसहित परिवारका ५ जना सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी सिन्धुपाल्चोक बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको गत बिहीबार मृत्यु भएको थियो । उनी नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली हुन्।

उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपछि उनका शिशु र परिवारका सदस्यहरुको कोरोना परीक्षण गरिएको थियो ।

धुलिखेल अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा १३ दिनको शिशुसहित मृतक महिलाका श्रीमान, आमा, बहिनी र भाइ समेत गरी पाँचै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट