काठमाडौं महानगरका सफाइ कर्मचारीमा देखिएन कोरोना संक्रमण

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकामा काम गर्ने ९३१ जना सफाइ कर्मचारीमा कोरोना भाइरस नरहेको पुष्टि भएको छ ।

कोरोना संक्रमणको आशंकामा स्वाबको पीसीआर परीक्षण गरिएका काठमाडौं महानगरपालिका कार्यालयका ९३१ सफाइ कर्मचारीको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस नरहेको रिपोर्ट आएको कार्यालयका सहसचिव राजेश ज्ञवाली शनिबार ट्विटमार्फत जानकारी दिएका छन्।

शुक्रबार गरिएको आरडीटी परीक्षणमा ३१ सफाइकर्मीको रिपोर्ट पोजिटिभ आएपछि कोरोना हो कि होइन भनेर निश्चित गर्न उनीहरूसहित अन्य शंकास्पद समेत गरी ९३१ जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। उक्त परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट