वाह ! यस्तो पो खाना खुवाई (भिडियोसहित)

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार

काठमाडौं । वर्तमान लकडाउनको समयमा विभिन्न संघसंस्थाहरुले सडकका बालबालिका, दैनिक ज्याला मजदूरी गर्नेहरु साथै समस्यामा परेका मानिसहरुलाई नि:शुल्क खाना खुवाई रहेका छन् ।

लकडाउनको समय लम्बिएपछि पछिल्लो दिनमा विभिन्न संघसंस्थाहरुले ज्यालादारी काम गर्ने श्रमिकहरु, कोठामा बस्ने तथा समस्यामा परेका विभिन्न व्यक्तिहरुलाई खाना खुवाउन थालेका हुन् ।

यसै प्रसंगमा काठमाडौं महानगरपालीका वडा नम्बर १५ अन्तर्गत स्वयम्भु क्षेत्रमा पनि केहि समय यता खाना खुवाईने कार्य भइरहेको छ ।

तर, यहाँ खाना खुवाउदा वर्तमान महामारी कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने मापदण्ड पनि पूरा गरिएको देख्न सकिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट