भाटभटेनीले काठमाडौंका यी ६ वटा शाखा खोल्दै

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

काठमाडौं । नक्लासस्थित स्टोर्सबाट होम डेलिभरीको सुविधा दिँदै आएको भाटभटेनी सुपरमार्केट्सले राजधानीका विभिन्न ६ स्थानबाट सेवा दिने भएको छ ।

भाटभटेनीले राजधानीमा रहेका नक्साल, पुल्चोक, ठिमी, कोटेश्वर, कलंकी र महाराजगन्जबाट सेवा दिन लागेको जनाएको छ । लकडाउनको समयमा नागरिकलाई खाद्यान्नसहित अत्यावश्यक वस्तुको अभाव नहोस् भनेर उपत्यकाका विभिन्न ६ स्थानबाट सेवा दिन लागेको अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए ।

“हामीले दूरी कायम राखेर सेवा दिन थालेका छौं,” पौडेलले भने, “दूरी कायम गर्ने कुरामा हामीले सम्झौता गरेका छैनौं । भित्र पनि हामीले सोहीअनुसार व्यवस्था मिलाएका छौं । हिँडेर आउने ग्राहकलाई सहज होस् भन्नका लागि हामीले ६ ठाउँबाट सेवा दिन थालेका हौँ ।”


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट