एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड पूँजीगत लाभकर

प्रकाशित मिति: ३० चैत्र २०७६, आईतवार

काठमाडौं । दूरसञ्‍चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने सम्पूर्ण पूँजीगत लाभकर बुझाएको छ ।

एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएबापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पूँजीगत लाभकर बुझाएको छ ।

ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पूँजीगत लाभकर तिरेको हो ।

यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । यससँगै एनसेलले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट