आजदेखि कलंकीबाट तरकारी बिक्री सुरु,कालीमाटीमा थोक र खुद्रा बिक्री बन्द

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहीबार

काठमाडौं। कालीमाटी र बल्खुस्थित तरकारी बजारको भीड व्यवस्थापन गर्ने निर्णयअनुसार बिहीबार बिहानदेखि काठमाडौंको कलंकी चोकबाट तरकारी तथा फलफूलको बिक्री सुरु भएको छ ।

काठमाडौं उपत्यकाका ११ मुख्य चोकबाट तरकारी बिक्री गर्ने निर्णयअनुसार कलंकीको अलावा बाफल, स्वयम्भू, बनस्थली गोंगबु, बसुन्धारा, गोपीकृष्ण हल चोक, लैनचौर, रत्नपार्क, बसपार्क र कोटेश्वर चोकलाई पनि तरकारी बिक्रीस्थल छानिएको छ । तर, बिहीबार भने यी स्थानबाट तरकारी बिक्री नभएको बताइएको छ ।

फलफूल तथा तरकारी व्यवसायी संस्था कालीमाटीका अध्यक्ष गीता आचार्यले भने बिहीबार कतंकीबाट मात्रै कारोबार भएको जानकारी आफूलाई आएको बताए । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल तरकारी बजारको भीड नियन्त्रणका लागि कलंकीलगायतका चोकबाट तरकारीको बिक्री थालिएको बताए ।

चोकहरूबाट तरकारी बिक्री थालेसँगै कालीमाटीमा थोक र खुद्रा बिक्री बन्द भएको पौडेलले जानकारी दिए । ‘व्यवसायीले सामान कालीमाटी ल्याउँछन्, यहाँबाट आफ्नो आवश्यकतानुसार बिक्री गर्न चोकहरूमा लैजान्छन्,’ उनले भने । पौडेलले स्थानीय किसानलाई पनि आफ्नो उत्पादन चोकहरूमा ल्याएर बिक्री गर्न आग्रह गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट